क्वारेन्टाइनमा बस्ने शर्तसहित सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय भएको छ । सरकारले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने शर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।
नाकामा अलपत्र परेका नेपालीहरुको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइनेछ । तर उनीहरु १४ दिनसम्म घर जान पाउने छैनन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा