क्वारेन्टाइनमा बस्न नमाने संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले क्वारेन्टाइनमा बस्न नमान्ने र अटेरी गर्नेलाई सजाय गर्ने भएको छ ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्न नमान्ने र आफूखुशी हिंडेकाले यस्तो निर्णय लिएको बताइएको छ । रोग फैलाउन सक्ने वा फैलाएको कसुरमा उनीहरुलाई सजाय हुनेछ ।
यदि कसैले क्वारेन्टाइनमा बस्न मानेन भने उसलाई संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने समितिले निर्णय गरेको हो । यसको निगरानी गर्ने र सजायको कुरा गृह मन्त्रालयले हेर्नेछ । सरकारले कोरोना प्रभावित देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा