Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन

कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन

हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाउँमा ५० शय्याको आइसोलेसन तयार गरिएको छ। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो।

कर्णाली प्रदेश सरकारको बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेसन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको थियो।  बजेट आइतबारसम्म पठाउने सरकारको तयारी छ।

प्रदेश अस्पतालका निर्देशक डा‍. डम्बर खड्काले ५० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेशन वार्ड तयार गरिनेछ। उनले शय्या विस्तारसंँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।

सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा पनि आइसोलेसन वार्ड तयार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या तयारी अवस्थामा छन्।

प्रतीकात्मक तस्वीर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन