इटलीमा एकैदिन ९१९ ले गुमाए ज्यान
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना संक्रमणबाट इटलीमा एकैदिन ९१९ जना नागरिकको ज्यान गएको छ।
योसँगै इटलीमा नौ हजार १३४ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ।
केही दिनयता यहाँ ज्यान जाने नागरिकको संख्या बढिरहेको देखिएको छ। मृत्यु हुनेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन्।
इटाली विश्वमा नै कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको देश हो।
योसँगै इटलीमा संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा