राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरस संक्रमण
संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन्।
राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन्। त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन्।
बिरामीमध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले बताए। उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ ।
राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए।
त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रूपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा