नेपालमा पाँचौं व्यक्तिमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा पाँचौ व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।
बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाँचौ व्यक्तिमा कोरोना पोजेटिभको पुष्टि गरे ।
यसअघि हिजो मात्र धनगढीका एक युवकमा कोरोनो संक्रमण पुष्टि भएको थियो । उनी अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्। यसअघिका कतारबाट आएकी युवती र दुबईबाट आएका धादिङका युवक टेकु अस्पतालमा उपचाररत छन्। दुई महिना अघि कोरोना पोजेटिभ देखिएका पहिलो संक्रमित भने निको भएर घर गइसकेका छन्।
आज कोरोना देखिएकी युवती सहित नेपालमा संक्रमितको संख्या ५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा