संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं: धनगढीमा आज पुष्टि भएका चौंथो कोरोना संक्रमित युवक चैत ७ गते (मार्च २०मा) दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको पाइएको छ ।
उनी काठमाडौं आएर चैत ७ मा काठमाडौंमै आफन्तकोमा बसेको र चैत ८ गते मात्र बुद्ध एयर मार्फत नेपालगंज गएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।
उनले भने, ‘संक्रमित युवकको डिटेल खोजिरहेका छौं । उनी काठमाडौं आएर पनि धेरै ठाउँ गए जस्तो देखिन्छ । उनी काठमाडौंबाट सिधै धनगढीको जहाजमा नगएर नेपालगंज हुँदै गएका छन्। यसले पनि झन समस्या बनायो, उनले भने । यतिमात्र नभएर उनी नेपालगंजबाट माइक्रो चढेर गृहजिल्ला धनगढी गएको पाइएको छ । उनको ट्राभल हिस्ट्री हेर्दा धेरै जनामा सर्नसक्ने देखिन्छ । हामी यसको खोजीमै छौं भोलिसम्म सबै पत्ता लाग्ला, पाण्डेले भने ।
संक्रमित व्यक्ति ज्वरो आएपछि चैत ११ मा मात्र परीक्षण गर्न अस्पताल गएका थिए । उनको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो । आज मात्र उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम