Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे

संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं: धनगढीमा आज पुष्टि भएका चौंथो कोरोना संक्रमित युवक चैत ७ गते (मार्च २०मा) दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको पाइएको छ ।

उनी काठमाडौं आएर चैत ७ मा काठमाडौंमै आफन्तकोमा बसेको र चैत ८ गते मात्र बुद्ध एयर मार्फत नेपालगंज गएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

उनले भने, ‘संक्रमित युवकको डिटेल खोजिरहेका छौं । उनी काठमाडौं आएर पनि धेरै ठाउँ गए जस्तो देखिन्छ । उनी काठमाडौंबाट सिधै धनगढीको जहाजमा नगएर नेपालगंज हुँदै गएका छन्। यसले पनि झन समस्या बनायो, उनले भने । यतिमात्र नभएर उनी नेपालगंजबाट माइक्रो चढेर गृहजिल्ला धनगढी गएको पाइएको छ ।  उनको ट्राभल हिस्ट्री हेर्दा धेरै जनामा सर्नसक्ने देखिन्छ । हामी यसको खोजीमै छौं भोलिसम्म सबै पत्ता लाग्ला, पाण्डेले भने ।

संक्रमित व्यक्ति ज्वरो आएपछि चैत ११ मा मात्र परीक्षण गर्न अस्पताल गएका थिए । उनको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो । आज मात्र उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन