कोरोना संक्रमण : २५ हजारको मृत्यु, पाँच लाख ५० हजारलाई संक्रमण
विश्वभर कोरोना भाइरस संक्रमणका कारण २५ हजार ४५ जनाको मृत्यु भएको छ। विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति संक्रमित भइसकेका छन्।
कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा बढी आठ हजार २१५, स्पेनमा चार हजार ८५८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८, फ्रान्समा एक हजार ६९६ र अमेरिकामा एक हजार ३०४ जनाको मृत्यु भएको छ।
केही समयसम्म संक्रमितको दर चीन तथा युरोपेली मुलुकमा बढी रहेकोमा बिहीबारदेखि सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा देखिएको छ।
अमेरिकामा ८५ हजार ७४९, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४७ हजार २७८, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम