नेपालमा चौँथो व्यक्तिमा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा चौंथो व्यक्तिमा पनि कोरोना संक्रमण भेटिएको छ ।
प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
३४ वर्षका उनी हालसालै दुबईबाट आएको बताइएको छ । यसअघि पहिलो कोरोना संक्रमित चीनबाट आएका थिए ।उनी यतिखेर उपचारपछि निको भइसकेका छन्। दोस्रो संक्रमण फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीय युवतीमा देखिएको थियो । तेस्रो बिरामी दुबईबाट आएका थिए । पछिल्ला दुई जना अहिले पनि टेकु अस्पतालको आइसोलेसनमा उपचारमा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा