राजधानीका तीन अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमणको आशंकामा विभिन्न अस्पताल गरी १३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हाल १३ जना व्यक्ति आइसोलेसनमा रहेको बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले उक्त कुरा बताएका हुन्। उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना यसैगरी पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा ३ जनाको उपचार भइरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले आज बिहानसम्म ८ सय २ जनाको कोरोना परीक्षण भएको र तीन जनामा मात्र पोजेटिभ देखिएको बताए । एक जना निको भएर घर गइसकेको र दुई जना अस्पतालमै रहेको उनले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम