‘पहिले सुरक्षा उपकरण उपलब्ध गराऊ, उपचार गर्न हामी तयार छौँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ।
संघले शुक्रबार विज्ञप्ति निकालेर नेपालका चिकित्सक कोरोना भाइरस रोकथाम र उपचारका लागि तयार रहेको भन्दै संघले आधारभूत सुरक्षा सामग्री भने उपलब्ध गराउनुपर्ने बताएको हो।
संघले कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित भएका भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न माग गरेको छ।
ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै संघले आपत्ति जनाएको छ।
महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गरिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम