Health TV Online
Health TV Online

‘बीएण्डसी’ अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन चाहन्छु: प्रसाई

‘बीएण्डसी’ अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन चाहन्छु:  प्रसाई

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालकले कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिने घोषणा गरेका छन्।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेका बेला नीजि क्षेत्रको पनि दायित्व रहेको भन्दै आफनो अस्पताल सरकारलाई दिने घोषणा गरेको बताए । उनले हेल्थ टिभी अनलाइनसँग भने, ‘मैले मेरो अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागि सरकारलाई दिने घोषणा गरेको हुँ। यस विषयमा स्वास्थ्य मन्त्रालयसँग पनि कुरा भइसकेको छ । सरकारले यसलाई नै कोरोना उपचारका लागि मुख्य अस्पताल बनाउँदा पनि हुन्छ । तर हाम्रा डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई लगायतका अत्यावश्यक सामग्री भने उपलब्ध गराउनुपर्छ ।’

उनले ८ सय नर्मल बेड, एक सय वटा आईसीयू, २५ वटा भेन्टिलेटर, एक सय ५ जना विशेषज्ञ डाक्टर, नर्स लगायत लगभग एक हजार जना कर्मचारी रहेको अत्याधुनिक उपकरणसहितको बी एण्ड सी अस्पताल सरकारले कोरोनाको उपचारमा प्रयोग गरेर अहिलेको समस्या टार्न सक्ने बताएका छन्।  उनले देशलाई परेको यो संकटका बेला आफ्नो अस्पतालले जे जस्तो सहयोग चाहिए पनि गर्न तयार रहेको पनि जिकीर गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार