‘बीएण्डसी’ अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन चाहन्छु: प्रसाई
हेल्थ टिभी अनलाइन\ काठमाडौं: झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालकले कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिने घोषणा गरेका छन्।
अस्पतालका सञ्चालक दुर्गा प्रसाईले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेका बेला नीजि क्षेत्रको पनि दायित्व रहेको भन्दै आफनो अस्पताल सरकारलाई दिने घोषणा गरेको बताए । उनले हेल्थ टिभी अनलाइनसँग भने, ‘मैले मेरो अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागि सरकारलाई दिने घोषणा गरेको हुँ। यस विषयमा स्वास्थ्य मन्त्रालयसँग पनि कुरा भइसकेको छ । सरकारले यसलाई नै कोरोना उपचारका लागि मुख्य अस्पताल बनाउँदा पनि हुन्छ । तर हाम्रा डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई लगायतका अत्यावश्यक सामग्री भने उपलब्ध गराउनुपर्छ ।’
उनले ८ सय नर्मल बेड, एक सय वटा आईसीयू, २५ वटा भेन्टिलेटर, एक सय ५ जना विशेषज्ञ डाक्टर, नर्स लगायत लगभग एक हजार जना कर्मचारी रहेको अत्याधुनिक उपकरणसहितको बी एण्ड सी अस्पताल सरकारले कोरोनाको उपचारमा प्रयोग गरेर अहिलेको समस्या टार्न सक्ने बताएका छन्। उनले देशलाई परेको यो संकटका बेला आफ्नो अस्पतालले जे जस्तो सहयोग चाहिए पनि गर्न तयार रहेको पनि जिकीर गरे।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त