प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना गरियो
हेल्थ टिभी अनलाइन \काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा असहज महशुस गरेपछि बिहिबार राती अस्पताल भर्ना गरिएको हो ।
उनको मुटुको चालमा केही समस्या देखिएको थियो । अहिले सुधार भएको र आजै डिस्चार्ज हुनसक्ने अस्पताल स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?