युरोपमा मात्रै दुई लाख ५० हजारलाई कोरोना संक्रमण
युरोपमा बिहीवारसम्म दुई लाख ५० हजार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने सात हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले जनाएको छ।
डब्लूएचओले स्पेन विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको जनाएको छ। स्पेनमा चार हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १८८ जना संक्रमित भएका छन् ।
स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६५५ जनाको मृत्यु भएको छ। यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो।
स्पेनमा मार्च १३ देखि संकटकाल र लकडाउन घोषणा गरिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम