Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना भाइरस : अहिलेसम्म ७५८ को परीक्षण, तीनजनालाई संक्रमण

२५ अस्पताललाई ‘फिवर क्लिनिक' सञ्चालन गर्न १०\ १० लाख दिइने

नेपालमा कोरोना भाइरस : अहिलेसम्म ७५८ को परीक्षण, तीनजनालाई संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको आशंकामा ७५८ जनाको परीक्षण गर्दा तीनजना बाहेक सबैको नेगेटिभ नतिजा आएको जानकारी दिएको छ।

मन्त्रालयले बिहीवार गरेको पत्रकार सम्मेलनमा सचिव यादवप्रसाद कोइरालाले तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एकजनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको जानकारी दिए।

विदेशबाट आउनेले क्वारेन्टाइनमा बस्ने र आशंका भएमा आइसोलेसनमा बस्ने नियम अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। त्यसपछि लक्षण देखिए अस्पतालमा नमुना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पारे।

सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रूपमा सञ्चालन गर्न तोकिएको बताए। उनले सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई  १० लाख रुपैयाँ उपलब्ध गराइसकेको जानकारी दिए। उनले धेरै डराइकन विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार छ फिट टाढा बस्ने, साबुनपानीले वेलावेलामा हात धोइरहन र सकेसम्म घरमै बस्न आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन