कोरोना सतर्कता: बैतडीका मन्दिरमा पशुबली निषेध गर्ने निर्णय
हेल्थ टिभी अनलाइन \बैतडी: कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जिल्ला विपद व्यवस्थापनको बैठकले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने विषयमा छलफल गरेको छ ।
बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने विषयमा छलफल भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए । उनले भने, ‘यहाँ चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको छ । त्यसलाई निषेध गर्ने विषयमा छलफल भएको र सुरक्षा निकायले त्यसलाई लागू गर्ने बताएको छ ।’
यो सँगे बैतडीका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त बैठकले भारतसँग जोडिएका ९ वटा नाकाहरुमा अझै कडाई गर्ने निर्णय गरेको उनले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा