Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालगंजमा क्वारेन्टाइन स्थलको बिजोग: न सुत्ने बेड छ, न बाथरुम नै !

नेपालगंजमा क्वारेन्टाइन स्थलको बिजोग: न सुत्ने बेड छ, न बाथरुम नै !

हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न गतिविधिहरु गरिरहेको बताउँदै आएको छ । त्यसो त दैनिक रुपमा बैठक बस्ने, भाषण गर्ने, निर्णय सुनाउने काम पनि भइ नै रहेका छन्। तर वास्तविक पीडितको पीडा भने सम्बोधन हुन सकिरहको छैन्। यसको ज्वलन्त उदाहरण हो नेपालगंजको क्वारेन्टाइनस्थल । यद्यपी सरकारले भने क्वारेन्टाइनस्थल एवं आइसोलेसनमा बस्ने सबैको उचित ब्यवस्थापन गरेको बताउँदै आएको छ ।

नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसलाई त्यस क्षेत्रका सम्भावित संक्रमित राख्ने क्वारेन्टाइनस्थल बनाइएको छ । सरकारी क्याम्पसलाई क्वारेन्टाइनस्थल त बनाइयो तर  न त बस्नको राम्रो प्रबन्ध छ न त सरसफाइमा ध्यान नै दिइएको छ । एउटा पातलो म्याट भुईमा ओछ्याएर सुत्ने बनाइएको छ । जबकी नेपालगंज यतिखेर लामखुट्टे धेरै नै आउने मौसम पनि हो ।

क्वारेन्टाइनस्थलमा बस्नेका लागि नत झुल छ नत अरु कुनै व्व्यवस्था । बाथरुमको त कुरै नगरौं सबैका लागि एउटै बाथरुम छ त्यो पनि पानी रसाएर खुट्टा राख्न पनि गाह्रो छ । क्वारेन्टाइनमा रहनेहरुले आफूहरु कोरोनाको भन्दा पनि यहाँ आएर अन्य रोग लागेर बिरामी हुने होकी भन्ने चिन्ता लागेको बताएका छन्।

उक्त क्वारेन्टाइनमा फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै आउने ब्यक्ति पनि रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि