बीपी प्रतिष्ठानमा भोलिदेखि कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएपछि शुक्रवारदेखि त्यहाँ परीक्षण हुन लागेको हो।
मन्त्रालयले पहिलो चरणमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको बताइएको छ। थप किट केही दिनमै पठाउने तयारी हुँदैछ।
कोरोना रोकथाम उच्चस्तरीय समितिले केही दिनअघि वीर अस्पताल काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रेमा पनि कोरोना भाइरस परीक्षण शुरु गर्ने निर्णय गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा