Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसम्बन्धी विवरण प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई सरकारको निर्देशन

स्वास्थ्यसम्बन्धी विवरण प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई सरकारको निर्देशन

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले आ–आफ्नो क्षेत्रभित्रका वडामा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई भनेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रमा बुझाउन भनिएको छ। केन्द्रले आपतकालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउन निर्देश गरिएको छ। समितिले प्रदेश र स्थानीय तहहरूले क्वारेन्‍टाइनको व्यवस्था गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाउन भनेको छ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालय, गृह मन्‍त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयमा चार अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने पनि भनेको छ।

यस्तै औषधि उत्पादन कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जान सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने र गृह मन्‍त्रालयले आवश्यक अनुमति दिने निर्णय पनि गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि