Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमणको उपचार गर्न वीर, धुलिखेल र बीपीमा उपकरण जडान हुने

कोरोना संक्रमणको उपचार गर्न वीर, धुलिखेल  र बीपीमा उपकरण जडान हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले  कोरोना संक्रमणको उपचारका लागि तत्काल तीन अस्पतालमा उपकरण जडान गर्ने निर्णय गरेको छ। सरकारले वीर अस्पताल, धुलिखेल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण जडान गर्ने बताएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले प्रदेश स्तरमै ल्याब स्थापना नभएसम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकपछि अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउन लागि निजी क्षेत्रसँग समन्वय गर्ने बताए। ‘सरकारले मेडिकल सामग्री र किट चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको छ’, उनले भने, ‘निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाइ सुविधा उपलब्ध गराउनेछ।’

त्यस्तै भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकलाई अन्तिम पटकका लागि मंगलवार एक दिन छाड्ने निर्णय गरेको छ। त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा घर जान दिने व्यवस्था गरेको मन्त्री खतिवडाले बताए।
उनले संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनै पनि संघ संस्थाले कोष खडा गर्न नपाउने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि