Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

टेकु अस्पतालमा १० जना क्वारेन्टाइनमा, पाँचजना आइसोलेसनमा

संक्रमित युवतीसँग आएका सबै सरकारको निगरानीमा

टेकु अस्पतालमा १० जना क्वारेन्टाइनमा, पाँचजना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले टेकु अस्पतालमा कोरोना भाइरस संक्रमणका उपचार गराइरहेकी युवती आएको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस ‘पोजेटिभ’ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको जानकारी दिएका हुन्। संक्रमित युवतीका घरका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले बताए।

‘जहाजमा सँगै आउने व्यक्तिहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सजग गराइएको छ’, देवकोटाले भने। अहिलेसम्म भएको ६१० वटा नमुना परीक्षण भएकोमा दुईजनामा मात्र संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण भएकी एक र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको देवकोटाले जानकारी दिए। त्यसमध्ये १० जना क्वारेन्टाइनमा र ५ जना आइसोलेसनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन