Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा आजदेखि २१ दिन लकडाउन

भारतमा आजदेखि २१ दिन लकडाउन

हेल्थ टिभी अनलाइन \काठमाडौं:  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्य नजर गर्दे भारतले आजैबाट लागू हुनेगरी २१ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना फैलिनबाट रोक्न एक अर्कामा दुरी बनाउन जरुरी रहेको भनदै १४ अप्रिल राति १२ बजेसम्म देशलाई लकडाउन गरेको बताए ।

उनले आफना नागरिकलाई घरबाट कुनै पनि हालतमा बाहिर ननिस्कन आग्रह समेत गरे । मोदीले भने, ‘२१ दिन  घरबाहिर निस्कन बिर्सनुस्।’ उनले कोरोना फैलिन नदिन चाहिने सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्था तुरुन्त गर्ने समेत आश्वासन दिए । भारतमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ भने ५५० जना संक्रमित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि