Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनकै बेलामा केही स्वास्थ्य समस्या भएमा यी नम्बरमा कल गर्नुस्

लकडाउनकै बेलामा केही स्वास्थ्य समस्या भएमा यी नम्बरमा कल गर्नुस्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले आजबाट एक साताका लागि देश लकडाउन गरेको छ । सोमबार फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना भएको पुष्टि भएसँगै सरकारले मंगलबारदेखि नै लागू हुने गरी लकडाउन गरेको हो ।

तर लककडाउन भएकै बेला स्वास्थ्यमा समस्या आएमा के गर्ने भनेर अलमलमा नपर्न भन्दै सरकारले केही फोन नम्बरहरु उपलब्ध गराएको छ । यो बेला कसैलाई ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएमा निम्न फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । ती नम्बरहरु यसप्रकार छन्। ९८५१२५५८३९, ९८५१२५५८३४ र ९८५१२५५८३७ । यसैगरी सरकारले कोरोना सम्बन्धी कुनै पनि जिज्ञासा वा समस्याका लागि सम्पर्क गर्ने भन्दै हटलाइन सेवा पनि सञ्चालन गरेको छ । जसको नम्बर १११५ छ ।

यसैगरी लकडाउनका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि विशेषज्ञ चिकित्सकहरुले अनलाइन मार्फत परामर्श दिने भन्दै आफना मोबाइल नम्बर दिएका छन्। यो सँगै नेपाल चिकित्सक संघले पनि संघमा आवद्ध चिकित्सकहरुसँग परामर्श सेवा लिन सकिने भन्दै सम्पर्क गर्न आग्रह गरेको छ । संघले विभिन्न विशेषज्ञहरूको नम्बर उपलब्ध गराउँदै घरमै बसेर परामर्श लिन सकिने जनाएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि