Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो

भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो

हेल्थ टिभी अनलाइन \चितवन:  चितवनको भरतपुरमा आइसोलेसनमा राखेर उपचार गरिरहेका एक युवकको मृत्यु भएको छ । वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान साढे ९ बजे मृत्यु भएको उपचारमा सलंग्न डा भोजराज अधिकारीले बताए ।

उनले भने, ‘उहाँलाई उच्च ज्वरो र खोकी भएकाले दुई दिन अघि भरतपुर कोरोना विशेष अस्पतालमा  भर्ना गरेका हौं तर कोरोनाले मृत्यु भएको भन्ने प्रमाणित भएको छैन । उहाँमा मिर्गौलामा गम्भीर समस्या  थियो ।’

डा अधिकारीले कोरोनाको आशंकामा मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको पनि जानकारी दिए । सोमबार संकलन गरिएको स्वाबको रिपोर्ट आज साँझ सम्म  आउने र त्यसपछि मात्र भन्न सकिने जनाए । दुई दिन अघि उनी त्यहाँ भर्ना भएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन