चीनको वुहानमा कोरोना : लगातार पाँचौँ दिन पनि भेटिएन नयाँ संक्रमण
विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएको चीनको वुहान शहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा संक्रण भेटिएनन्।
विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहे पनि शुरूमा संक्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ संक्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन्।
हुबेई प्रान्तको राजधानी शहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि संक्रमित वा संक्रमणको आशंका गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी बताए।
वुहानमा संक्रमण फैलिएको सार्वजनिक सूचनासँगै पूर्णरूपमा बन्द भएको शहरमा दुई महिनापछि विस्तारै चहलपहल बढ्न थालेको र अन्य शहरमा पनि नयाँ बिरामीको संख्या नियन्त्रणको अवस्थामा पुगेको मीले बताए।
यद्यपि नयाँ संक्रमित नभेटिए पनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत रहन उनले आग्रह गरे। अझै पनि संक्रमण फैलिने खतरा रहेको र पुनः महामारी ननिम्तियोस् भनेर स्वास्थ्यकर्मी, नागरिक तथा सरकारी अधिकारीले संयम अपनाइरहेका छन्। उनले रोकथाम र नियन्त्रणका अझै धेरै काम बाँकी रहेको पनि बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम