नेपाल भयो लकडाउन, मंगलबारदेखि एक साता घरबाहिर निस्कन नपाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भोलि मंगलबारबाट लागू हुने गरी नेपालभरी लकडाउन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो कुरा बताएका हुन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो।
यो सँगै नागरिकलाई घरबाट बाहिर निस्कन समेत रोक लगाइएको छ भने सार्वजनिक यातायात पनि ठप्प हुनेछन्। आन्तरिक उडानहरु पनि रोकिनेछ।
आइतबार फ्रान्सबाट आएकी १९ वर्षीय एक किशोरीमा कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै सरकारले यस्तो कडा कदम चालेको हो । चैत ११ देखि १८ गतेसम्म यो निर्णय लागू हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा