Health TV Online
Health TV Online

कोरोना भाइरसको त्रासले जेलबाट भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु

कोरोना भाइरसको त्रासले जेलबाट भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु

कोरोनाभाइरस संक्रमण फैलिने आशंकामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दंगा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।

कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोना भाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोध प्रदर्शन गरेका थिए।

सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ। न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन