कोरोना भाइरसको त्रासले जेलबाट भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु
कोरोनाभाइरस संक्रमण फैलिने आशंकामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दंगा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।
कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।
कोरोना भाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोध प्रदर्शन गरेका थिए।
सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ। न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।
दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा