फ्रान्सबाट आएकी युवतीमा देखियो कोरोना, टेकु अस्पतालमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन काठमाडौं : फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले चैत ४ गते फ्रान्सबाट फर्केकी १९ वर्षीया एक नेपाली युवतीमा कोरोना देखिएको जानकारी दिएका हुन्। यसअघि हाेम क्वारेन्टाइनमा रहेकी उनलाई आइतवार साँझदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ‘आइसोलेसन’ मा राखी उपचार थालिएको मन्त्री ढकालले जानकारी दिए।
कोरोना पुष्टि भए लगत्तै उनीसँग सम्पर्कमा रहेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा