सिभिल होम्समा कोरोना रोकथाम र नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टिम’
हेल्थ टिभी अनलाइन\ललितपुर : सुनाकोठीस्थित सिभिल होम्सले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको छ।
आफूहरू रहेको आवास क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन पूर्व तयारीका रूपमा सचेतना अपनाउने निर्णयसहित टिम गठन भएको संयोजक डा. गोविन्द गौतमले जानकारी दिए। ‘अहिले सबैले आ–आफनो स्थानबाट जोगिने उपाय आफैँले गर्ने वेला हो’, उनले भने,‘त्यसैले हामीले पनि आवासमा कोरोना फैलिन नदिनका लागि यो टिम बनाएका हौँ।’
बैठकले आवासमा प्रवेश गर्दा अनिवार्य ज्वरो नाप्ने, जिम, पौडी पोखरी बन्द गर्ने निर्णय गरेकाे छ। यस्तै आवास क्षेत्रमा रहेका सबैले साबुनपानीले हात धुन, घरमा पाहुना नबोलाउन, र पाहुना लाग्न नजान,आवासमा भिडभाड नगर्न, अत्यावश्यक बाहेक सार्वजनिक कार्यक्रममा नजान सचेत गाराइएकाे उनले जानकारी दिए।







तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा