गगन थापाको प्रस्ताव : कोरोना कोषमा एक महिनाको तलब जम्मा गरौँ
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले सरकारले स्थापना गरेको कोरोनाविरुद्धको कोषमा प्रत्येक सांसदले एक महिनाको तलब प्रदान गर्न प्रस्ताव गरेका छन्।
सोमवार ट्वीट गरी नेता थापाले नागरिक तहबाट पनि जसले जहाँबाट जति सक्छ कोाषमा सहयोग गर्नुपर्ने बताएका छन्। नागरिकले विपद स्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पार्नुपर्ने र सरकारले पनि विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेमा सचेत हुनुपर्ने तर्क गरेका छन्।
आइतवार मन्त्रि परिषद् बैठकको निर्णयबाट स्थापित कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब दिने घोषणा गरिसकेका छन्।
थापाकाे ट्वीट
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।— Gagan Thapa (@thapagk) March 23, 2020





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा