Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जर्मनीकी चान्सलर मर्केल क्वारेन्टाइनमा

जर्मनीकी चान्सलर मर्केल क्वारेन्टाइनमा

आफूसँग सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि जर्मनीकी चान्सलर एंगेला मर्केल क्वारेन्टाइनमा गएकी छिन्।

शुक्रवार उनलाई निमोनियाको खोप दिएका एक चिकित्सकमा कोराना भाइरस संक्रमण पाइएपछि उनी क्वारेन्टाइनमा पुगेकी उनका प्रवक्ताले बताएका छन्। ६५ वर्षकी उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने बताएका छन्।

जर्मनीले कोरोना भाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियामा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा  मर्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्।

कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोना भाइरस संक्रमणका १८ हजार ६१० घटना पाइएका छन्। कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि