‘पीपीई लगायतका सामग्री प्लेन चार्टर गरेर भए पनि ल्याउँछौं’
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीलाई चाहिने पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट खरिद गर्ने प्रक्रियामा गएको भन्दै स्वास्थ्यकर्मीलाई नआक्तिन आग्रह गरेको छ ।
आइतबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उक्त कुराको जानकारी दिएका हुन्। कार्यक्रममा डा पाण्डेले पीपीई नेपालमा नबन्ने र बाहिरबाट मगाउनुपर्ने भएकाले समय लागेको बताए । उनले स्वास्थ्यकर्मीलाई चाहिनेजति पीपीई लगायतका सामग्री खरिद गर्ने क्रममा रहेको भन्दै प्लेट चार्टर गरेरै भए पनि ल्याइने बताए ।
उनले हाल टेकु अस्पतालमा भने पीपीई रहेको जानकारी दिए । यसैगरी कोरोनाका डरका कारण सबै अस्पतालले पीपीईको माग गरेकाले अपुग भएको भन्दै जहाँ कोरोनाको उपचार गर्ने भनेर तोकिएको छ ती अस्पतालमा मात्र पीपीई चाँडै नै पुग्ने उनले जिकीर गरे ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा