कोरोनाका कारण भारतमा छैटौं व्यक्तिको मृत्यु
हेल्थ टिभी अनलाइन : कोराना भाइरसको संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार पटनामा ३८ वर्षका एक व्यक्तिको मृत्यु भएको हो।उनी कतारबाट फर्केको बताइएको छ ।
कतारबाट आएका उनी कलकत्ता हुँदै पटना आएका थिए । मिर्गौलाले काम नगरेपछि उनको शनिबार नै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई शंका लागेर कोरोना परीक्षण पनि गराइएको थियो । यद्यपी कोरोना भएको रिपोर्ट भने उनको मृत्यु भइसकेपछि आएको बताइएको छ ।
योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। आइतबार बिहानसम्म संक्रमितको संख्या ३ सय ४८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा