‘सुदूरपश्चिमतर्फको नाकामा स्वास्थ्यजाँच प्रभावकारी भएन’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सत्तारुढ नेकपाका नेता भीम रावलले भारततर्फको सीमानाकामा अनियन्त्रित आवागमन नरोकिएको र स्वास्थ्यजाँचको राम्रो व्यवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।
आइतवार ट्वीट गर्दै उनले दुईसाताअघि प्रतिनिधिसभा बैठकमा उठाएको आवाज नसुनिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेशका गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएकाले स्वास्थ्यकर्मी, क्लिनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण र औषधि तुरुन्त पठाउन माग गरेका छन्।
हेर्नुहाेस् उनकाे ट्वीट–
दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ ।सु.प. प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ । स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरून्त पठाइयोस् ।
— Bhim Rawal (@BhimRawal179) March 22, 2020





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम