म्याग्दीका नौ हजार बालबालिकालाई दादुरा–रुबेला खोप
हेल्थ टिभी अनलाइन\म्याग्दी : राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सोमबारदेखि बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप लगाइँदै छ। स्वास्थ्य कार्यालयले दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ।
यही चैत १० देखि १८ गतेसम्म धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए।
खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन हुनेछन्। अभियानका क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गर्ने लम्सालले बताए।
जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई भेगमा फरक–फरक टोली गठन गरिएको छ। प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पुर्याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित