‘उच्च मनोबलका साथ संक्रमणको सामना गर्नुपर्छ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना भाइरस (कोविड–१९) संक्रमणबारे चेतना अभिवृद्धि गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
संक्रमणबाट बच्न सावधानी अपनाउन उनले सर्वाधारणलाई अपिल गरेका छन्। आइतवार विज्ञप्ति जारी गरी उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न पनि आग्रह गरेका छन्।
संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था सहज तुल्याउने काममा आफ्नो पहल बढाउन सरकारसँग आग्रह गरेका छन्।
‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ संक्रमणको सामना गर्न सबैमा अनुरोध छ’, दाहालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।
— ☭ Comrade Prachanda (@cmprachanda) March 22, 2020





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम