रक्तदान नरोक्न आग्रह
हेल्थ टिभी अनलाइन\कास्की कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै पोखरामा रक्तदान हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगत अभाव देखिएको थियो।
अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न संघसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए।
यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउँछन्। यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ। यही चैत १५ गतेसम्मका लागि विभिन्न संघसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रम स्थगन नगर्न केन्द्रले आग्रह गरेको छ।
केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए। ‘गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगत अभाव भयो। आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ’, उनले भने।
शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत संकलन भएको छ। सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित