कोरोना सतर्कता : भारतमा आज ‘जनता कर्फ्यू’, राती ९ बजेसम्म सबै बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसलाई रोक्न प्रधानमन्त्री नरेन्द मोदीले आज जनता कर्फ्यू लगाएका छन्।
प्रधानमन्त्री मोदीले आज बिहान ७ बजेदेखि राती ९ बजेसम्म लागू हुनेगरी जनता कर्फ्यू लगाएका हुन्। यो समयमा जो जहाँ छ त्यही स्थानमा बस्न र घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
उनले कोरोनाको रोकथामका लागि सबै प्रतिवद्ध भएको सन्देश दिन साँझ ५ बजे आ आफनो बालकोनीमा निस्केर ताली बजाउन पनि आग्रह गरेका छन्।
भारतमा २४ घण्टामा ८० जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ सय ३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा