कोरोना संक्रमणले लण्डनमा एक नेपालीको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ।
सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको निधन भएको पारिवारिक स्रोतले बताएको छ। नर्थविक पार्क अस्पतालमा क्रममा शनिवार उनको मृत्यु भएको हो।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए। उपचारपछि फर्किएका राईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएको थियो। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन्।
रासस





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा