Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : इटलीमा एकै दिनमा ६२७ जनाको मृत्यु

कोरोना भाइरस  संक्रमण : इटलीमा एकै दिनमा ६२७ जनाको मृत्यु

युरोपेली मुलुक इटलीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने भएको छ।

मृत्यु हुनेको संख्या एकै दिनमा ६२७ पुगेपछि सरकारले नागरिकलाई  घरमै राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो।

इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिँडडुलमा रोक लगाउने काम कडा नभएका कारण संक्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सीमित रहने व्यवस्था गरेको छ।

लोम्बार्डीमा नागरिक हतास भएका दृश्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। अस्पतालहरूमा हजारौँ व्यक्ति संक्रमित भएको आशंकामा भीड लागेपछि उपचारको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार