‘हेलिकोप्टरबाट किटनाशक औषधि छर्ने सन्देश सत्य होइन’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाली सेनाले कोरोना भाइरस नष्ट गर्न हेलिकोप्टरबाट किटनाशक औषधि छर्ने सन्देश गलत भएको बताएको छ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरसविरुद्ध किटनाशक औषधि छर्ने’ भनी आएको समाचार गलत भएको जानकारी दिएका हुन्। सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेको भन्दै उनले यस्तो अफवाहको पछि नलाग्न आग्रह गरे।
‘अहिलेको संवेदनशील घडीमा यस्तो भ्रामक, झुटो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ,’ ‘कोरोना भाइरस प्रतिकार्यमा सेनाको गतिविधिबारे आम जनमानसमा द्विविधा भएमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित