चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने निर्णय गरेको छ ।
शुक्रबार कोरोनाभाइरसको जोखिमबारे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भित्रिन नदिन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै यस्तो निर्णय गरेको बताए ।
प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने बताएका हुन्।
उनले सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित काम गर्ने उल्लेख गरे।
नेपालमा हालसम्म एक जनामा मात्र कोरोना भाइरस देखिएको छ । उक्त व्यक्ति पनि उपचार पछि निको भइसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम