प्रधानमन्त्रीले भने, कोरोना भाइरसलाई परास्त गर्न मनोबल उच्च बनाउनुस्
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक अवस्थामाबाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान नागरिकलाई आग्रह गरेका छन्।
विश्वव्यापीरूपमा फैलिएको कोरोनाविरुद्ध सरकारले चालेका कदम र सचेतनाबारे जानकारी दिँदै उनले सरसफाइमा ध्यान दिन, चिकित्सकको सल्लाह लिन र आतंकित नहुन अपिल गरेका छन्। कोरोना भाइरससँग जुध्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।
सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गर्ने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने भन्दै उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गरे। उनले कोरोना भाइरसविरुद्धको लडाइँमा साथ दिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिने बताए।
उनले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरे। यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाइ मार्गबाट नेपाल आगमनमा रोक लगाउने र १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट १० करोड उपलब्ध गराउने पनि घोषणा पनि गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा