स्पेनमा कोरोना : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
स्पेनमा कोरोना भाइरस संमणका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभर कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो।
स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ७६७ रहेको थियो।
स्वास्थ्य अधिकारीहरूले कोरोनाबाट संक्रमितको संख्या भने झण्डै २० हजार पुग्न लागेको पनि जानकारी दिएका छन्।
उनीहरूका अनुसार शुक्रबारसम्ममा १९ हजार ९८० जना संक्रमित भएका छन् । यो संख्मा एकै दिन दुई हजार ८३३ थपिएको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा