कोरोना भाइरससँग जुध्न नेपाल र चीनबीच आज भिडियो कन्फरेन्स
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरससँग जुध्न र राेकथाम अनुभव आदान प्रदानका लागि नेपाल र चीनबीच शुक्रबार दिउँसो भिडियो कन्फरेन्स (वार्ता) हुँदैछ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट दिउँसो ३ बजे हुने भिडियो कन्फरेन्समा नेपालसहित दक्षिण एसियाली अन्य देश सहभागी हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि हुनेछन्। कन्फरेन्समा काेराेना भाइरस राेकथा र उपचारका लागि नेपालले सहयोग लिने सहयाेगको विषयमा पनि छलफल हुनेछ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक मेडिकल सहयोग माग गर्दै नेपालले चीनलाई पत्राचार गरिसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा