त्रिवि शिक्षण अस्पतालमा ज्वरो र श्वासप्रश्वास समस्या जाँच्न ‘फिभर ओपीडी’
इमर्जेन्सीबाहेक अन्यको शल्यक्रिया नगर्ने
हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिवि शिक्षण अस्पतालले काेराेना भाइरस संक्रमण जाेखिमलाई मध्यनजर गर्दै ज्वरो रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएकालाई छुट्टै ‘फिभर ओपीडी’ सञ्चालनमा ल्याएकाेछ। यस्ता बिरामीलाई आवश्यक परेको खण्डमा मात्र अन्य ओपीडीमा पठाउने जनाइएको छ।
अस्पतालले अत्यन्त जरुरी परेको (आकस्मिक) परेको खण्डमा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागमा फोन गरेर आउन अनुरोध गरेको छ। अस्पतालले आकस्मिक बाहेक अन्य शल्यक्रिया अर्को सूचना जारी नभएसम्म स्थगन गरेको जनाएको छ। यस्तै जीएसी र ईएचएस सेवा हाललाई बन्द गरिएको जनाइएको छ।
साथै सम्भावित जोखिम न्यूनीकरणका लागि एक बिरामीको एक मात्र कुरुवा बस्न अस्पतालले आग्रह गरेको छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा