कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु इटलीमा
कोरोना भाइरसको संक्रमणका कारण चीनमा भन्दा इटलीमा बढी मानिसको मृत्यु भएको छ । कोरोना पहिलोपटक देखिएको चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा बढी मानिसको ज्यान गएको हो ।
हालसम्म कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै पनि चीनमा नै बढी छ । मार्च १२ देखि इटलीका सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएसँगै सबै क्षेत्र बन्द छ ।
विश्वभर महामारीको रूप लिएको कोरोनाले हालसम्म १० हजार भन्दा बढीको ज्यान लिइसकेको छ । चीनबाट फैलिएको कोरोना हाल त्यहाँ नियन्त्रणमा आइसकेको छ भने अन्य देशहरुमा कोरोना महामारीको रुपमा फैलिएको छ । मार्च १२ देखि इटलीका सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएसँगै सबै क्षेत्र बन्द छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा