भरतपुर महानगरले ७२ घण्टामा बनायो ७० बेडको ‘कोरोना विशेष अस्पताल’
शुक्रबारदेखि सञ्चालनमा आउने
हेल्थ टिभी अनलाइन\ चितवन : कोरोना संक्रमितको लागि चितवनको भरतपुरमा तीन दिनमै ७० बेडको अस्पताल बनेको छ । जसको नाम रहेको छ ‘भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ।’ चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाइएको हो ।
कोरोना संक्रमण भित्रिएमा भरतपुरवासीको उपचारका लागि ७० बेडको अस्थाई अस्पताल बनाएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन्। हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै उनले भनिन, ‘विश्वभरी फैलिएको कोरोनाप्रति हामी सचेत छौं । यहाँ संक्रमण देखिहालेमा भरतपुरका बासिन्दालाई उपचार सहज होस भनेर अस्पताल तयार गरेका हौं । हामी नगरवासीको स्वास्थ्यप्रति अति संवेदनशिल छौं ।’ उनले अस्पताल ७२ घण्टा भित्र बनाउने वाचा गरे बमोजिम भोलि शुक्रबार १० बजे उदघाटन गर्ने पनि जानकारी दिइन्।
मेयर दाहालले जनरल वार्ड भोलिबाटै शुरु गरिने र अन्य आइसीयू लगायतको सेवा पनि दुई दिन भित्रै शुरु गर्ने बताइन्। उनले अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको जानकारी दिइन्।
१० बेडको भेन्टिलेटरसहितको आइसीयू त्यसैगरी १० बेड एचडीयू र ५० बेडको जनरल वार्डसहित ७० बेडको अस्पताल बनाइएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित