कोरोना भाइरस संक्रमण : एसियाभन्दा युरोपमा बढीको मृत्यु
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एसियाभन्दा युरोपमा बढी देखिएको छ।
ग्रीनवीच समय अनुसार बुधवार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार युरोपका बढी प्रभावित इटली, स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ। एसियामा तीन हजार ३८४ छ ।
बुधबार बिहानसम्म विश्वभर यस भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिको संख्या एक लाख ९४ हजार पुगेको छ।आठ हजार ९२ जनाको मृत्यु भएको एपीएफकाे समाचारमा उल्लेख छ।
भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ। चीनमा बुधबारसम्ममा मृत्यु हुनेको संख्या तीन हजार २३७ पुगेको छ। इटलीमा दुई हजार ५०३ जनाको मृत्यु भएको छ भनेस्पेनमा ५९८ व्यक्तिको मृत्यु भएको छ।
जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्कअनुसार विश्वभर बुधवारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ। चीनबाहिर भाइरस संक्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ।
चीनमा ८० हजार ८९४ जनामा संक्रमण पुष्टि भएको छ । चीनपछि बढी संक्रमित संख्या इटलीमा ३१ हजार ५०६ जना छन्। इरानमा १६ हजार १६९ पुगेको छ। इरानमा ९८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित