प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई दिइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्यकर्मीलाई मास्क अपुग भइरहेका बेला सरकारले ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको छ ।
केही दिन अघि प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनेको उच्च स्तरीय समितिको बुधबारको बैठकले स्वास्थ्यकर्मीका लागि भन्दै ५ लाख मास्क दिने निर्णय गरेको हो ।
बाँकी मास्क भने साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ । प्रहरीले ठुलो संख्यामा व्यापारीले लुकाइराखेको अवस्थामा मास्क बरामद गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा